दक्षिणी गाजामा भएको बिष्फोटमा ८ इजरायली सैनिकको मृत्यु

24

काठमाडौँ, २ असार । दक्षिणी गाजाको रफाह क्षेत्रमा भएको बिस्फोटमा ८ जना इजरायली सैनिकको मृत्यु भएको छ ।

इजरायल डिफेन्स फोर्सका अनुसार यी सबै सैनिकहरू नामर नामको आर्मर्ड कम्ब्याट इन्जिनियरिङ भेहिकल (सिइभी)भित्र भएका बेला शनिबार बिस्फोट भएको थियो ।

जनवरीमा गाजामा भएको बिस्फोटमा २१ इजरायली सैनिक मारिएपछि यति ठुलो संख्यामा सैनिक मारिएको यो पहिलो पटक हो । स्थानीय समयअनुसार शनिबार बिहान सवा ५ बजे घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रफाहको ताल अल सुल्तान क्षेत्रको उत्तरपश्चिमी क्षेत्रमा हमासका आतंकवादी अड्डाहरू ध्वस्त पार्न निस्किएको इजरायली सेनाको टोली झन्डै ५० आतङ्ककारीलाई मारेर फर्किरहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...