अभिलेख संरक्षण परम्परागत भयो, आधुनिक तरिकाले गरौं : पर्यटनमन्त्री तामाङ

25

काठमाडौँ, २३ चैत । पर्यटन समितिमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको हो ।

बैठकमा सस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण ऐन, २०४६ पुरानो र परम्परागत तरिकाको भएकाले नयाँ र आधुनिक तरिकाले अभिलेखको संरक्षणको व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

दुईतीन वर्ष पहिला राष्ट्रिय सभाले संशोधन प्रस्ताव पारित गरिसकेको उक्त ऐन परिमार्जनको आवश्यकता महसुस भएकाले छलफल सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘धेरै कुराहरुमा परिवर्तन आयो । सूचना सञ्चारको पनि विकास भयो । जसको कारणले त्यसलाई भन्दा नयाँ तरिकाले आधुनिक र विज्ञानसँग सम्बन्धित तरिकाले त्यसको संरक्षणको व्यवस्था गर्नुप¥यो भनेर दुई तीनवर्ष पहिला राष्ट्रिय सभाले संशोधन प्रस्ताव पारित गरिसकेकोमा परिमार्जनको अमवश्यकता महसुश गरी समितिमा छलफल भइरहेको छ ।’

उहाँले राष्ट्रिय सभाको संशोधन र प्रतिवेदनमा उल्लेख भएका कुराहरुले पनि अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन कि भन्ने आशंका पैदा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको संशोधनले पनि र त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुले पनि अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन कि भन्ने भन्ने कुरा छ । त्यसैले विषयवस्तु यहाँ प्रवेश भएको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...