चेन्नाईको लगातार दोस्रो जित

19

काठमाडौँ, १४ चैत । साविक विजेता चेन्नाई सुपर किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

बुधबार भएको खेलमा गुजरात टाइटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नाईले दोस्रो जित निकालेको हो ।
२०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि साई सुदर्शनकक ३७ रन नै सर्वाधिक स्कोर रहन पुग्यो । यस्तै, रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए ।

चेन्नाईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दीपक चहरले समान २–२ तथा ड्यारेल मिचेल र म पाथीरानाले समान १–१ विकेट लिए ।

त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोड्यो ।चेन्नाईका लागि शिभम् दुबेले २३ बलमा ५१ रनको सानदार इनिङ खेले ।

रचिन रवीन्द्रले २० बलमा ४६ रनको विष्फोटक इनिङ खेले । यस्तै, कप्तान रुतुराज गाइक्वाडले ३६ बल खेलेर ४६ रन नै बनाए ।

गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १–१ विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...