होली पर्वले आपसी सामाजिक सद्‌भाव र विश्वास बढाओस् : राष्ट्रपति पौडेल

178

काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वले आपसी सामाजिक सद्‌भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

होली पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्‌भावको सन्देश दिने अपेक्षा गर्नुभयो । उहाँले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्‌भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याओस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

‘नेपालीहरूको महान् पर्व होलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपति पौडेलले भन्नुभएको छ, ‘होलीपर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्‌भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास मैले लिएको छु ।’

Share This:
सम्बन्धित खबर
Loading...