हाजिरी जमानतमा छुटे माओवादी उपाध्यक्ष महरा

13

काठमाडौँ, ९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानत छुट्नुभएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई हाजिरी जमानतमा छाडेको हो ।

महराको बयान सकिएपछि उहाँलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको सिआइबी स्रोतले जनाएको छ ।

उहाँका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप)मार्फत् भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...