पक्राउ परेका महरालाई काठमाडौँ ल्याइँदै

55

काठमाडौँ, ५ चैत । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार पक्राउ पर्नुभएको छ ।

सिआइबीको निगरानीमा रहेका महरालाई कपिलबस्तुबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता एवम् डिआइजी भीम ढकालले जानकारी दिनुभयो । उहाँलाई काठमाडौँ ल्याउन लागिएको ढकालले बताउनुभयो । महराले इलेक्ट्रोनिक चुरोट (भेप)भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ ।

६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई उक्त प्रकरणमा मु‍द्दा चलाउन सिफारिस गरेको थियो ।

सोही अनुसार आवश्यक कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार सुरक्षा संयन्त्रका उच्च अधिकारीसँगको बैठकपछि निर्देशन दिनुभएको थियो । निर्देशन पाएको भोलिपल्टै अर्थात् सोमबार नै महरा पक्राउ परेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...