काठमाडौँ, ४ चैत । अभिनेत्री नीति शाह ब्राडफोड ग्लोबल एजुकेसनल कन्सलटेन्सीको ब्राण्ड एम्बेसडरमा नियुक्त हुनुभएको छ । फिल्म ‘खजुरे ब्रो’बाट नेपाली रजतपटमा डेब्यु गर्नुभएकी अभिनेत्री शाह त्यसयता तीन फिल्ममा अनुबन्धित भइसक्नुभएको छ ।
अभिनेत्री शाह र कन्सलटेन्सीका निर्देशक पवन विष्टबीच कागजी सम्झौतामा हस्ताक्षर भएको छ । नीतिले कन्सलटेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त हुन पाउँदा खुसी लागेको बताउनुभयो । ‘ब्राडफोड, एप्लाई ग्लोबलले विगत १८ वर्षदेखि नेपाली विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रवृत्तिका लागि सहयोग गर्ने, काउन्सिलिङ गर्ने तथा उचित मूल्यमा इंग्लिस प्रोफिसेन्सी टेष्टहरुसमेत गरिरहेको सुन्दा खुसी लाग्यो । यस्तो संस्थाको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त हुन पाउँदा निकै खुसी लागेको छ,’ उहाँले भन्नुभयो ।
ब्राडफोड ग्लोबलका निर्देशक तथा एप्लाई ग्लोबलका प्रमुख पवनले आफूहरुले सधैँ नै विदेश अध्ययन गर्न जाने सिलसिलामा विद्यार्थीहरुलाई कुनै बाधा झेल्न नपरोस् भनेर प्रण गरेको बताउनुभयो । उहाँले नीतिलाई ब्रान्ड एम्बेसडर बनाउन पाउँदा खुसी लागेको समेत बताउनुभयो । यस्तै, संस्थाका निर्देशक रविन्द्र घिमिरेले अझै गुणस्तरीय कार्य गर्ने बाचा गर्नुभयो ।
नीति अभिनित फिल्म ‘खजुरे ब्रो’ वैशाख २८ मा रिलिज हुँदै छ । उहाँले निर्देशक सबिर श्रेष्ठको फिल्म ‘रुखान’ साइन गरिसक्नुभएको छ । दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको फिल्ममा पनि उहाँ अभिनेता राज कटुवालको जोडी बनेर देखिँदै हुनुहुन्छ ।