बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीसँग बयान लिने तयारी

74

काठमाडौँ, ४ चैत । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

आइतबार मन्त्रालयमा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र सिआइबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालयमा सुरक्षा निकाय र गृह प्रशासनको उच्च व्यक्तिसँग छलफलपछि गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।

यस्तै, लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया आजै सुरु गर्न पनि निर्देशन दिनुभयो ।

उक्त जग्गा प्रकरणमा सांसद विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसँग बयान लिने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...