नेदरल्यान्ड्सलाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि

22

काठमाडौँ, २२ फागुन । अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो पटक उपाधि चुम्नबाट नेपाल पछि परेको छ । कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्यान्ड्सले ३ बल बाँकी छदै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

फाइनल खेलमा नेपालका कुशल मल्लले सर्वाधिक ४ विकेट लिएपनि नेपाललाई उपाधि दिलाउन त्यो पर्याप्त भएन । मल्लले सुरुमा लेभिट र ओडाउटको पार्टनरसिप तोड्दै एकै ओभरमा दुई विकेट लिन सफल भएका थिए ।

ओपनरद्वय माइकल लेभिट र म्याक्स ओडाउटको ८४ रनको पार्टनरसिप कुशल मल्लले नवौँ ओभरमा पुगेर तोडे ।

१८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका म्याक्सो डाउटलाई नवौँ ओभरको पहिलो बलमा कुशल मल्लले दिपेन्द्र सिंह ऐरिको हाटबाट क्याच गराए । २३ बलको सामना गरेका डाउटले २२ रन जोडे । यस्तै, सोही ओभरको चौथो मल्लकै बलमा रोहितको हातबाट माइकल लेभिटलाई क्याच आउट गराए । २९ बलमा लेभिटले ६ चौका र ३ छक्का प्रहार गर्दै ५४ रन जोडेका थिए ।

यस्तै, १५औँ ओभरको दोस्रो बलमा अविनाश बोहराले कुशल मल्लको हातबाट विक्रमजित सिंहलाई क्याच आउट गराए । २३ बलको सामना गरेका सिंहले व्यत्तिगत २९ रन जोडे । यसैगरी १६औँ ओभरको पहिलो बलमै दिपेन्द्र सिंह ऐरिले क्याप्टेन स्कट एडवार्डलाई २ रनमै आउट गराए । १८औँ ओभरको पहिलो बलमै कुशल मल्लले अर्को महत्वपूर्ण विकेटका रुपमा एङ्गलव्रिचलाई ४८ रनमा आउट गराए । उनैले दोस्रो बलमै तेजा निदामन्दरुलाई २ रनमै सन्दीप जोराको हाटबाट क्याच आउट गराए ।

टस जितेर पहिला व्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान गर्दा ३७ अर्का ब्याटर गुल्सन झाले ३४ रन जोडेका थिए । यस्तै, १९ बलको सामना गरेका क्याप्टेन रोहित पौडेलले २५ रन जोडेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...