कोशी प्रदेशको नामाकरणको विरोधमा पहिचानवादीको काठमाडौँमा प्रदर्शन

60

काठमाडौँ, १७ फागुन । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौँमा प्रदर्शन गरेका छन् । गत वर्ष फागुन १७ गते प्रदेश १ को नाम कोशी नामाकरण गरिएको र आदिवासी जनजातिको पहिचान नामेट गरिएको अँध्यारो दिन भएको भन्दै प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शनसहित सभा गरेको हो ।

नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन०, प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति लगायतका संघसंस्थाहरूले विरोध प्रदर्शनसहितको सभाको आयोजना गरेको हो।

प्रदर्शनका क्रममा कालो झन्डासहित प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गरलगायतका नारा लगाएका थिए । उनीहरूले १ नम्बर प्रदेशको पहिचान मेट्ने काम फागुन १७ गते भएको भन्दै यस दिनलाई कालो दिनका रूपमा मनाएको जनाएका छन् ।

२०७९ साल फागुन १७ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश १ को नाम कोशी रहने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको थियो । कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियो । प्रदेश १ को नाम कोशी भएपछि एक वर्षदेखि पहिचान पक्षधरहरूले विरोधस्वरुप आन्दोलन गर्दै आएका छन् ।
त्य
स अवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रदेश नम्बर १ को पुनः नामाङ्कन गरिने दाबी गर्नुभयो । गत वर्ष फागुन १७ गते १ नम्बर प्रदेश सभाले पहिचानलाई नामेट पारेर कोशी नाम राखिएको थियो । त्यसैको विरोध स्वरुप विगत एक वर्षदेखि हामीले पहिचानको पक्षमा कोशी नाम खारेजीको माग गर्दै आन्दोलन गर्दै आएका छौुं, अध्यक्ष शेर्पाले भने, `आज सोही कोशी नामाङ्करण गरिएको विरोध कार्यक्रमको आयोजना गरेका हौंँ ।`

अध्यक्ष शेर्पाले अहिले सरकार लचिलो बन्दै गएको र वार्ता समिति समेत गठन गरेर वार्ता सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बताउनुभयो । उहाँका अनुसार अब छिट्टै वार्ताले निष्कर्ष दिने सम्भावना छ । अध्यक्ष शेर्पाले मुलुकमा रहेका भूमिपुत्र आदिवासी जनजातिको पहिचान कसैले पनि नामेट पार्न नसक्ने समेत बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वउपाध्यक्ष गोविन्द छन्त्याल, पूर्वमहासचिव आङ्काजी शेर्पा, आदिवासी जनजाति महिला महासंघका अध्यक्ष निमी शेर्पा, किरात राई यायोख्खाका कार्यवाहक अध्यक्ष जनक राई, किरात याक्थुम चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुहाङ, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, नेपाल मगर संघका सल्लाहकार चन्द्रबहादुर श्रीसमगर, पहिचानका लागि युवा दस्ताका सहकमाण्डर विराज राई, नेपाल आदिवासी जनजाति युवा महासंघका कार्यवाहक अध्यक्ष हिलारीबन्धु भुजेल लगायतले सभालाई सम्बोधन गर्नुभएको थियो ।

पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने उनीहरूको माग छ । यसबीचमा कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच दुई पटक वार्ता पनि भइसकेको छ । गत फागुन ९ मा भएको दोस्रो चरणको वार्ता ३ बुँदे आंशिक सहमतिपछि सकिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...