केपी ओली कप : चर्च ब्वाइज युनाइटेड पराजित

16

काठमाडौँ, १२ फागुन । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब ‘केपी ओली एफसी’सँग पराजित भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । केपी ओली एफसीका लागि जय गुरुङले दुई तथा फोडे फोफनाले एक गोल गरे ।

खेलको ५८औँ मिनेटमा फोफनाले पहिलो गोल गरेका थिए । यस्तै, खेलको ६८औँ मिनेटमा गुरुङले आफ्नो पहिलो तथा खेलको ८०औँ मिनेटमा दोस्रो गोल गर्दै केपी ओली एफसीलाई ३–० गोलले जित दिलाएका थिए ।

नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...