अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु

24
काठमाडौँ, २८ माघ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका ६ वर्षीय बालक र २ वर्षीया बालिकाको शनिबार साँझ मृत्यु भएको जानकारी दिए ।
घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमा गम्भीर घाइते भइ हाल किष्ट अस्पतालमा उपचार भइरहेको कार्कीले बताए । आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको र आमा गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
Share This:
सम्बन्धित खबर
Loading...