बादल गीतको भिडिओ ल्याउँदै रकस्टार गायिका अभया

27

काठमाडौँ, १८ माघ । रकस्टार गायिका अभया सुब्बाले नयाँ गीत बादल ल्याउने भएकी छन् । अभया एन्ड द स्टिम इन्जिनस ब्यान्डले पत्रकार सम्मेलन गरेर लाइभ कन्सर्टसहित बादल गीतको भिडिओ लन्च गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा गायिका अभयाले २०१६ मा रेकर्ड गरेर राखेको गीतको भिडिओ सार्वजनिक गर्न लागेको बताइन् । गीत सन्देशमूलक र महिला केन्द्रित रहेको उनको भनाइ छ ।

तीन महिना झयालैमा बोलको गीत अभयाले सार्वजनिक गरेकी छन् । हार्डरक क्याफे दरबारमार्गमा शुक्रबार साँझ ८ बजे लाइभ कन्सर्टसहित अभयाको बादल गीतको भिडिओ सार्वजनिक गर्ने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...