पाथीभरामा एक महिनाको भेटी ५ लाख

40

फुङ्लिङ, ३ माघ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ ।

पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

उनका अनुसार पुसमा मात्र कुल ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।

सङ्कलित यो रकम नेपाल बैंक लिमिटेड, सानिमा बैंक र एनएमबी बैंकमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए । संकलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम आठ करोड ७० लाख ५२ हजार ५४८ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...