क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

55

काठमाडौँ, २६ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने निलम्बन गरेको छ ।

बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले ८ वर्षको कैद सजाय सुनाएपछि बिहीबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई ८ वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो ।

पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...