जिल्ला कारागार सङ्खुवासभाका वरिष्ठ प्रहरी हवल्दार मृत फेला

1,219

खाँदबारी, १६ पुस । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन् ।

मृत्यु हुनेमा इलाम घर भइ खाँदबारी नगरपालिका–७ जिल्ला कारागारमा कार्यतर वरिष्ठ प्रहरी हवल्दार ४१ वर्षीय डिकबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

गएराति २ बजे डिउटी सकेर सुतेका वरिष्ठ प्रहरी हवल्दार तामाङलाई बिहान ५ बजे अचेत अवस्थामा बेला परेपछि उपचारका लागि जिल्ला अपस्पताल पुर्‍याइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

वरिष्ठ हवल्दार तामाङको जिल्ला अस्पताल भर्ना हुनुअघिनै मृत्यु भइसकेको जिल्ला अस्पतालले जनाएको छ । पीडित परिवारले मृत्यु शङ्कास्पद भएको भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् । घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने पीडित परिवारले अडान लिएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शव पोष्टमार्टमाका लागि जिल्ला अपस्पतालमा राखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...