सुर्तीजन्य पदार्थबारे अदालतको आदेश सहन सकिन्न : वरिष्ठ अधिवक्ता आचार्य

25

काठमाडौँ, ३० मङ्सिर । वरिष्ठ अधिवक्ता डा.भीमार्जुन आचार्यले सुर्तीजन्य पदार्थको बिक्री खुलाउने उच्च अदालत पाटनको आदेश सहन नसकिने बताएका छन् ।

उच्च अदालत पाटनले शुक्रबार सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न काठमाडौँ महानगरपालिकालाई आदेश दिएपछि आचार्यको प्रतिक्रिया आएको हो ।

“अदालतको आदेशमा सहमत हुन सकिएन । महानगरपालिकाको निर्णय सार्वजनिक स्वास्थ्यका दृष्टिकोणले पनि उचित नै थियो,” उनले भनेका छन्,“कानुनको पालनमा सबैले गर्नुपर्छ । तर, कानुनको व्याख्या जनहितमै हुनुपर्छ ।”

न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले महानगरका नाममा सुर्तीजन्य पदार्थको बिक्री नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

श्रीराम टोबाको उद्योगसहित सुर्तीजन्य पदार्थसम्बन्धी व्यवसायीका पक्षबाट गत मंसिर २६ गते दायर भएको रिटमा यस्तो आदेश आएको हो ।

काठमाडौँ महानगरपालिकाले जारी गरेको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउन वा निषेध गर्न सक्ने व्यवस्था छ । महानगरपालिकाले यो व्यवस्था मंसिर २८ देखि कार्यान्वयनमा ल्याएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...