सेवा लम्साल बनिन् परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव

29

काठमाडौँ, २८ मङ्सिर । सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । उक्त पदको जिम्मेवारी पाउने उनी पहिलो महिला भएकी छन् ।

सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । साथै बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...