काठमाडौँ, २३ मङ्सिर । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गरेका छन् । यसबाट उनलाई सत्तामा उनको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुने छ ।
७१ वर्षीय पुटिनले यो शताब्दीको सुरूदेखि नै रूसको नेतृत्व गरेका छन् । उनले ४ वटा राष्ट्रपतीय निर्वाचन जितेका छन् र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीको रूपमा सेवा गरेका छन् ।
पुटिनले उक्त घोषणा सैनिकहरूका लागि आयोजित क्रेमलिनको कार्यक्रममा गरेका हुन् । कार्यक्रममा युक्रेनमा आक्रामक महलामा लड्ने केही मानिस सहभागी थिए । गत वर्ष पुटिनले युक्रेनमा हमला गर्न आदेश दिएका थिए ।
“म यसलाई लुकाउँदिन, विभिन्न समयमा मेरो मनमा फरक–फरक विचार थिए तर यो निर्णय लिनुपर्ने समय हो,” उनले भने, “म रूसी संघको राष्ट्रपति पदका लागि निर्वाचन लड्ने छु ।”
उनले एक रूसी सैन्य अधिकारी लेफ्टिनेन्ट कर्णेल अर्टोम जोगासँग कुराकानी गरिरहेका थिए । जोगाले उनलाई निर्वाचनमा लड्न आग्रह गरेका थिए ।
विश्लेषकहरूका अनुसार पुटिनले पाँचौँ कार्याकालका लागि कुनै ठुलो चुनौतीको सामना गर्नुपर्ने छैन र उनले युक्रेन द्वन्द्वमा घरेलु असहमति लुकाउनका लागि सम्भव भएसम्म ठुलो जनादेश खोज्नेछन् ।
सन् २०२० मा एक विवादास्पद संवैधानिक सुधारपछि उनी कम्तीमा पनि सन् २०२६ सम्म सत्तामा रहन सक्नेछन् ।