नाम्खा गाउँपालिकामा कोरोना समुदायस्तरमै फैलिएको आशंका

128

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा आठ जना कोरोना संक्रमित थपिएसँगै समुदायस्तरमै फैलिन थालेको आशंका गर्न थालिएको हो । दुई दिन अगाडी चार जनामा देखिएको कोरोना शुक्रबार थप आठ जनामा कोरोना संक्रमण देखिँदा नाम्खा गाउँपालिकामा संक्रमितको सङ्ख्या बाह्र जना पुगेको छ ।

सुर्खेतमा गरिएको नमूना परीक्षणमा आठ जनामा कोरोना संक्रमण देखिए लगत्तै शनिबार त्यसतर्फ डा नविन रोकायाको नेतृत्वमा ल्याब टेक्निसियन र अन्य स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पतालबाट पठाइएको हो ।

गाउँपालिकाको महाबौद्ध मावि याल्वाङ र उक्त विद्यालयको छात्रावासमा बसोवास गर्ने विद्यार्थीमा देखिएको कोरोना समुदायस्तरमा फैलिन नदिनका लागि चिकित्सकको टोली त्यसतर्फ पठाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रमुख प्रेम सिंहले जानकारी दिए ।

समुदायस्तरमै कोरोना भाइरसको संख्या बढेपछि जिल्ला अस्पतालबाट चिकित्सकसहितको टोली नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङतर्फ पठाइएको प्रमुख सिहंले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...