रूसी सेनमा भर्ना भएका ६ नेपालीको मृत्यु भएको पुष्टि

47

काठमाडौँ, १९ मङ्सिर । रूसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति निकालेर रूसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गएको पुष्टि भएको हो ।

ज्यान गुमाउनेहरूमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगंगा नगरपालिका–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राज कुमार रोका र इलाम नगरपालिका–५ का गंगाराज मोक्तान रहेका छन् ।

नेपाल सरकारले ज्यान गुमाएकाहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रूसी सरकारलाई आग्रह गरेका छ । सरकारले नेपाली रूसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रूसी सरकारलाई आग्रह गरेको छ ।

रूसी सेनामा भर्ना भइ अहिले युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली विवेक खत्रीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...