गीता पाण्डे र सुवास तिमल्सिनाको ‘दसैँ आयो तिहारै आयो’ सार्वजनिक

61

काठमाडौँ, १ कात्तिक । गायिका गीता पाण्डे र गायक सुवास तिमल्सिनाको स्वर रहेको ‘दसैँ आयो तिहारै आयो’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । जसमा गीतकार रमेश दहालका शब्द ,राजेन्द्र बजगाइको संगीत तथा मनोज परियारको एरेन्ज रहेको छ ।

दसैँ तथा तिहार पर्वमा नेपाली युवाहरूको खुसीको अवस्थालाई निर्देशक पूजा ठकुरीले कलात्मक शैलीमा भिडिओमा देखाएकी छन् । भिडिओको छायांकन राम केसी, सम्पादन विनोद बम तथा कोरियोग्राफ अनिल राईले गरेका हुन् ।

भिडिओमा दिक्पाल कार्की, जुना कार्कीलगायत अन्य यस गीतसँग आबद्धको पनि पहिलो पल्ट अभिनय देख्न सकिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...