डोल्मो घिसिङ तामाङको ‘हे मेरी आमा’ सार्वजनिक [भिडिओ]

229

काठमाडौँ । डोल्मो घिसिङ तामाङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङको प्रस्तुती, शब्द र संगीत रहेको उक्त गीतलाई उनकै अफिसियल युट्युब च्यानल डोल्मो घिसिङ तामाङमार्फत् बजारमा ल्याएको हो ।

बुद्ध स्याङ्बाको संगीत संयोजन, मिक्सिङ र मस्टरिङ रहेको उक्त गीतलाई गायक एंव संगीतकार राजकुमार दोङ तामाङ र गायिका रश्मी दोङ तामाङको आवाज रहेको छ ।

भिडिओमा उनै गायक एवम् संगीतकार राजकुमार दोङ र याङ्गी दोङको अभिनय देख्न सकिन्छ । निशल बस्नेतले छायांकन गरेको उक्त म्युजिक भिडिओलाई विकास दाहालले सम्पादन, युवराज वाइबाले निर्देशन, लोमुस पौडेलले सहनिर्देशन गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...