काठमाडौँ, २२ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इजरायलबाट नेपालीको उद्धार गर्न सरकारसँग माग गरेका छन् । साथै उनले घाइतेहरूको उपचारको व्यवस्था गर्न आग्रह पनि गरेका छन् ।
एमाले अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गर्दै आक्रमणमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था गर्न माग गरेको छन् ।
आतंकवादी हमलामा नेपालीको ज्यान गएकामा आफू स्तब्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले दिवंगत भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन् ।
विज्ञप्तिमा अध्यक्ष ओलीले आतंकवादी हमलाको निन्दा पनि गरेका छन् ।