सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानलाई

31

काठमाडौँ, २० असोज । ‘दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छन् । तामाङ सेलो गीत ‘सगुन छ्योइजी’बाट उनले अवार्ड प्राप्त गरेकी हुन् ।

एक्टिभ इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित उक्त कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्ड चाबहिलको सभाहलमा सम्पन्न भएको हो ।

बिरिसु मिडियाका निर्देशकसमेत रहेका स्याङ्तान रोयल फिल्मस्ले आयोजना गरेको चौथो ज्योति फिल्मस् अवार्डमा कला सम्मान, पहिलो लाङ्टाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट सेलो गायिकाको अवार्ड, सुपादेउराली म्युजिक प्रालिद्वारा सम्मानित भइसकेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...