आइतबार बेलायत जाँदै प्रधानसेनापति शर्मा

66

काठमाडौँ, १७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा यही असोज २१ गते आइबार बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा यही असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जंगी अड्डामा छलफल भएको छ ।

त्यस अवसरमा उनीहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...