रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ सार्वजनिक [भिडिओ]

128

काठमाडौँ, १३ असोज । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक रवि ओड र अस्मिता अधिकारीको आवाजमा सजिएको उक्त गीतमा हर्क साउदको शब्द र महेश ताम्राकारको संगीत रहेको गीतमा जेन्रिक्स एरेञ्ज छ । अप्सु योगी, दीपा सुहाङ, नरेश ओडको कोरस गायन रहेको उक्त गीतलाई होराइजन स्टुडियोमा रेकर्ड गरिएको हो ।

उक्त गीतको म्युजिक भिडिओमा सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेको नकरात्मक प्रभावलाई देखाउन खोजिएको छ । रवि ओड आफैँ भिडिओमा देख्न सकिन्छ । उक्त गीतको म्युजिक भिडिओ अछामको रामारोशनदेखी साँफेबगरसम्म छायांकन गरिएको हो ।

मन रुवाउने कथा, भिडिओ सम्पादन र छायांकनको पार्ट पनि एकदमै राम्रो रहेको हामी देख्न सक्छौँ । म्युजिक भिडिओमा रवि ओडसँगै रवि सुस्मिता कुवंर, हेमराज कुवंर समर्पण, करण साउद, गंगा साउद र बाल कलाकारहरु नवीन बिक र स्मृति खड्काको अभिनय समेटिएको छ ।

टेकेन्द्र शाहले सम्पादन, राम कुमार केसीले छायांकन, राज पोखरेल र दिनेश थापाले सहायक छांयाकान गरेको उक्त म्युजिक भिडिओमा दशरथ सुनारको कथा र निर्देशन रहेको छ ।

गीत स्रोता एवम् दर्शकहरुले माया गर्नेमा आफू विश्वस्त रहेको र सामाजिक कथालाई जस्ताको तस्तै प्रस्तुत गरिएको गायक रवि ओडले बताए ।

 

Share This:
सम्बन्धित खबर
Loading...