प्रधानमन्त्री प्रचण्ड र नेर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता

27

 न्युयोर्क, ४ असोज । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्युयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्रसंघको मुख्यालयमा बुधबार भेटघाट भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र नेर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो । दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको फोरममा भेटघाट र संवादलाई निरन्तरता दिइरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...