न्युयोर्क, ३ असोज । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् ।
मंगलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटिबिटिओ) कार्यकारी सचिव रोबर्ट फ्लोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेका स्पष्ट पारेका हुन् ।
परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिवन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् । ७८औँ राष्ट्रसंघीय महासभामा न्युयोर्क आएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिएका छन् ।