संविधानसभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

20

काठमाडौँ, २८ भदौ । संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिँदै छ ।

पशुपति आर्यघाटमा बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ गरिने एमालेले जनाएको छ ।

उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन एमालेबाट अनुरोध गरिएको छ ।

शवयात्राको रूट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।

नेम्वाङको सोमबार राति निधन भएको थियो र दुई दिनसम्म पार्टी कार्यालय च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।

नेम्वाङको मुन्धुम र हिन्दु परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ । राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकाले आज सरकारले शोक बिदा दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...