प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित

16

काठमाडौँ, २६ भदौ । संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण यही भदौ २७ गते बुधबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगन भएको छ ।

संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले सूचना जारी स्थगन भएको बैठक सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे तोकेको जनाएका छन् ।

आजका लागि निर्धारण भएको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि स्थगन भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...