काठमाडौँ, २६ भदौ । सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एमाले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताएका छन् ।
उनले नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन् । “प्रतिनिधिसभाले एक असल लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,” उनले भनेका छन् ।
नेम्वाङको हृदयघातबाट गएराति १ः३० बजे निधन भएको हो ।