काठमाडौँ, २६ भदौ । सरकारले राजकीय सम्मानका साथ दिवंगत नेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीकाे कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिए ।
अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।