नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी : ओली

17

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुवासचन्द्र नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी भएको स्मरण गरेका छन् ।

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष नेम्वाङको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एमाले अध्यक्ष ओलीले नेम्वाङको स्मरण गरेका हुन् ।

ओलीले लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैँ सम्झिने उल्लेख गरेका छन् । साथै ओलीले नेम्वाङ मृदुभाषी, विनम्र, शालीन व्यक्तित्व रहेको जनाउँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

“मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैं सम्झिरहने छौँ,” उनले सामाजिक सञ्जालमा भनेका छन्, “मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जली सुवासजी !”

Share This:
सम्बन्धित खबर
Loading...