बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत

23

काठमाडौँ, २३ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन् ।

इजिप्टको राधजानी कायरोमा आयोजित जनसंख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै केही दिन पहिले कान्ति बाल अस्पतालमा ५ वर्षीया बालिका रेजिना गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताए ।

उनले भने, “उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिए । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...