डेंगु संक्रमितको संख्या २१ हजार नाघ्यो

27

काठमाडौँ, १६ भदौ । नेपालमा डेंगु संक्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगु संक्रमण २१ हजार २०६ जनामा पुष्टि भएको छ ।

महाशाखाले भदौ र असोजमा डेंगु संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । संक्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगु संक्रमण दैनिकरूपमा बढेको बताए ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २०२२ मा ५४ हजार ७८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

सुनसरीमा मात्र ११ हजार बिरामी पुगे
संक्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ११ हजार ६५९ जनामा डेंगु संक्रमण देखिएको छ । सुनसरीपछि मोरङमा दुई हजार २४२, धादिङमा दुई हजार १०१, झापामा एक हजार तीन सय २३, काठमाडौँमा चार सय २७, धनकुटामा तीन सय ३६, सङ्खुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेंगुका बिरामी भेटिएका छन् ।

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ ।

Share This:
सम्बन्धित खबर
Loading...