काठमाडौँ, १५ भदौ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रूपैयाँ र डिजेल/मट्टितेलको भाउ ३ रूपैयाँले बढेको छ ।
निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार खाना पकाउने ग्यासको मूल्य भने २३५ रूपैयाँले बढेको छ ।
नयाँ मूल्यअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८९५ कायम भएको छ । पेट्रोलको मूल्य काठमाडौँमा प्रतिलिटर १८२ र डिजेल/मट्टितेल प्रतिलिटर १७० पुगेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।