बर्दघाटमा रात्रिबस दुर्घटना हुँदा ७ जना घाइते

33

नवलपरासी, १३ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

काठमाडौँबाट नेपालगञ्ज जाँदै गरेको भे१ख ९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ ।

दुर्घटनापछि सवारी चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्डा–खुल्डी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...