बाँके, ८ भदौ । अविरल वर्षाका कारण डुवानमा परेका बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीनगरस्थित सकुमबासी बस्तीका बासिन्दाहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।
शुक्रबार बिहान बस्ती डुवानमा परी मानिसहरु बाहिर निस्कन नकसेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस राँझाबाट आवश्यक उद्धार सामाग्रीसहित सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
उद्धार टोलीले सो स्थानका ४ घरपरिवारका व्यक्तिहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घरका सरसामानसमेत सुरक्षित स्थानमा सारिएको सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।