काठमाडौँ, २९ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालसँग भेट गरेका छन् । सोमबार रिसालको घरमै पुगेर भेट्दै ओलीले रिसाललाई जन्मदिनको शुभकामना पनि दिएको बताएका छन् ।
“त्यतिखेर अहिलेजस्तो सोसल मिडिया थिएन । समाचार खोज्न र प्रकाशन गर्न कठिनाइ थियो,” उनले भनेका छन्, “भर्खरै सञ्चार माध्यमको विकास हुँदै थियो । पत्रकार भैरव रिसालले राणा शासन ढलेर भर्खर प्रजातन्त्र आएको बेलादेखि पत्रकारिता गर्नुभयो । आज उहाँको घर पुगेर ९६औँ जन्मदिनको शुभकामना दिने अवसर मिल्यो ।”
साथै, रिसालले लिपुलेक कालापानी क्षेत्रको जनगणनाबारे पनि कुराकानी भएको ओलीले बताएका छन् ।
“केही हाँसो ठट्टा र केही पुराना कुराहरु पनि सम्झना गरियो । उहिल्यै लिपुलेक कालापानी क्षेत्रमा उहाँ जनगणना टोलीमा पनि सामेल हुनुहुन्थ्यो । उहाँको सुस्वास्थ्य र खुशीको कामना गर्दछु,” ओलीले भनेका छन् ।