कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी, अझै आफन्तले शव बुझ्न मानेनन्

236

खाँदबारी, २७ साउन । मृतकका आफन्तले जिल्ला कारागारमा भएको दुई कैदी मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायतविरूद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा शनिबार उजुरी दर्ता गराएका हुन् ।

बुधबार बिहान कुटपिटबाट मृत्यु भएका दुई कैदीको शव आफन्तले अझै बुझ्न मानेका छैनन् । शनिबार आफन्तको किटानी जाहेरीपछि शवको पोष्टमार्टम गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझेनन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय र पीडित पक्षबीच शुक्रबार भएको समझदारीमा पोष्टमार्टमपछि घटनामा संलग्नहरूको नाम सार्वजनिक गर्ने सहमति भए पनि प्रहरी कार्यालयले पीडितले किटानी जाहेरी दिएका आधारमा कारागारमा खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमखु राजेन्द्र घिमिरेको नाम मात्र सार्वजनिक गरेपछि आफन्तले शव बुझ्न नमानेका हुन् ।

अनुसन्धान टोलीले सिसिटिभी फुटेज बरामद गरे पनि घटनामा संलग्नलाई सार्वजनिक गर्न ढिलाइ गर्नु शंकास्पद रहेको पीडितको गुनासो छ । सिसिटिभी फुटेजका आधारमै कैदीलाई प्रहरीले कुटपिट गरेको तथ्य बाहिरिएको थियो ।

कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । कैदी मादी–५ का तोलांगी र ककनी–७ का २८ बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।

जिल्ला कारागार सङ्खुवासभामा हाल ८ महिलासहित १३८ कैदीबन्दी छन् ।

सम्बन्धित समाचार 

Share This:
सम्बन्धित खबर
Loading...