काठमाडौँ, २५ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.धनराज गुरूङ अस्पताल भर्ना भएका छन् । मन्त्री गुरूङलाई आज बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
मन्त्री गुरूङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मन्त्री गुरूङलाई ब्लड प्रेसर लो भएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान ११ बजे अस्पताल भर्ना गरिएको जानकारी दिए ।
मन्त्री गुरूङलाई हाल मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा.रत्नमणि नेतृत्वको टोलीले उपचार गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वकीय सचिव केसीले बताए ।