पछिल्लो २४ घन्टामा १०,०२२ जनाको पिसिआर परीक्षण : १,९१३ मा कोरोना संक्रमण पुष्टि

156

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ९ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा १० हजार २२ पिसिआर नमुना परीक्षण गरिएकामा ७ सय ५९ महिला र एक हजार १ सय ५४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख चार हजार २ सय ४२ पुगेको छ । यसैगरी बिहीबार दुई हजार ३ सय ४९ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या एक लाख ६४ हजार ५ सय ९२ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार १ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल मुलुकभर संक्रिय संक्रमितको सङख्या ३८ हजार ४ सय ६१ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...