सुन तस्करी प्रकरण : अनुसन्धान गर्न १० दिनको म्याद थप

31

काठमाडौँ, ४ साउन । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ ।

बिहीबार आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन् ।

अहिलेसम्म विभागले एक चिनियाँसहित ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये आज ७ जनाको म्याद थप भएको हो ।

बिहीबार पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

अन्य पक्राउ परेकामा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलिप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो ।

सम्बन्धित समाचार
सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक पक्राउ

Share This:
सम्बन्धित खबर
Loading...