कोशी ब्यारेजमा ट्रक खस्यो

120

राजविराज, २९ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ ।

ब्यारेजको ढोका नम्बर १० बाट मे१ख ३००७ नम्बरको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए । उनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो ।

नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकशुल उद्धार गरिएको छ । यसैबीच कोशीमा खसेका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ ।

घटनाको थप विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...