सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्छ : हर्क साम्पाङ

47

काठमाडौँ, ६ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले सुगौली सन्धि भारतसँग नभइ इस्ट इन्डिया कम्पनीसँग भएको उल्लेख गर्दै अहिले ब्रिटिस राज नै भारतमा नरहेपछि सन्धि समाप्त भएको बताएका छन् ।

“इस्ट इन्डिया कम्पनी ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नु पर्छ,” उनले भने, “त्यो सन्धि भारतसँग भएको होइन ब्रिटेनसँग भएको थियो । अब भारतमा ब्रिटिस राज नरहेसँगै त्यो सन्धि पनि स्वतः समाप्त भई भूमि नेपालमै फर्कनु पर्छ ।”

मेयर साम्पाङले आफूले १५ वर्षदेखि यो विषय उठाउँदै आएको पनि बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...