बोराभित्र महिलाको शव फेला

34

तनहुँ, ३० जेठ । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनबहादुर खाणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए । घटनास्थलमा डिएसपीको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उनले भने, “प्रहरीले अनुसन्धान सुरू गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्य तथ्य पत्ता लाग्छ ।”

व्यास नगरपालिका–४ का वडा सदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । “शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,” डिएसपी खाणले भने । उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...