काठमाडौँ, २७ जेठ । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले तत्काल लागु हुने गरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेको समाचार संस्था एपीले जनाएको छ ।
उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुने छ । सन् २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उनी सांसदको जिम्मेवारीमा कार्यरत थिए ।
जोनसन अहिले संसदीय छानबिनको क्रममा छन् । संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा छानबिन गरिरहेको छ ।