मेयर बालेनको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

54

काठमाडौँ, २५ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् ।

भारतले नयाँ संसद् भवनमा नेपाली भूमि समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेपछि सोही नक्साको विरोध स्वरूप बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

मेयर बालेन हाल भारतको बैंगलोरमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएको महानगर स्रोतले बताएको छ । स्रोतका अनुसार मेयरको कार्यकक्षमा बिहीबार नयाँ नक्सा राखिएको हो ।

भारतको हालै उद्घाटित नयाँ संसद् भवनमा नेपालको भू–भाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नयाँ नक्सा राखिएको छ । सोही नक्साको विरूद्ध नेपालमा व्यापक विरोध भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...