गर्मी बढेपछि दुधौली नगरपालिकाका विद्यालय एकसाता बन्द

24

सिन्धुली, २१ जेठ । केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

नगरप्रमुख दिनेश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।

हाल सञ्चालनमा भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...